• गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार मार्फत् जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी रहेको बताएका छन् । बुधवार गण्डकी प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले जनताको अपेक्षा अनुसारको काम प्रदेश सरकारमार्फत् हुन बाँकी नै रहेको बताएका हुन् । यद्यपी, प्रदेश सरकारमार्फत् ऐन, कानून निर्माणका साथै विकास र समृद्धिको काम भने सुरुवात भएको उनले बताए ।

    कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबिच द्वन्द नभई विशुद्ध राजनीतिक प्रतिस्पर्धा रहेको बताए । प्रदेशको राजनीति परिपक्व, लोकतान्त्रिक र जनउत्तरदायि भएको उनको दाबी छ ।

    मुख्यमन्त्री पोखरेलले प्रदेश स्थापना भएको छोटो समयमा नै सरकारले जनताको मन जित्न सफल भएको दाबी समेत गरे । सरकारले गरेका बिकास, निर्माण तथा सेवा प्रवाहले प्रदेश सरकारको महत्वलाई जनताले आत्मसात् गरेको पनि उनले दाबी गरे ।

4565