• नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न नमिल्ने बताएका छन । उनले जनमत पनि एमसीसीको विपक्षमा रहेकाले यथास्थितिमा पारित गर्न नसकिने बताएका हुन । समाजवादी प्रेस संगठन पर्साद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनममा नेपालले एमसीसीका बारेमा धेरै कुरा प्रष्ट भइ नसकेको र अझै अध्ययन र छलफल गरेर मात्रै निस्कर्षमा पुग्न सकिने समेत बताए ।

    उनले एमाले अध्यक्ष केपी ओलीलाई मण्डले, सिद्धान्त बेचुवा र कुसंस्कृत ब्यक्तिको संज्ञा समेत दिए । नेपालले आगामी स्थानीय तहको निर्वाचनबाट आफ्नो पार्टी देशकै ठूलो पार्टी बन्ने दावी समेत गरे ।

4565