• नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले गठबन्धन सरकारले पूर्वाधार निर्माण लगाएतका कामहरु रोकेर बिकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाएका हुन् । उनले स्थानीय तहको चूनावको मिति घोषणा नगरेर सरकारले संविधान र कानून उलंघन गरेको बताउँदै समयमै निर्वाचन नगराए आन्दोलन गर्ने चेतावनी समेत दिए ।

    बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई समाप्त पार्ने उद्देश्यले निर्माण भएको गठबन्धनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दामा कुनै चासो नै नरहेको आरोप पनि लगाए । सरकारले कालापानी र लिपुलेकलाई अपनत्व दिन नसकेको उनको भनाइ छ ।

4565