• नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन । बुधबार पार्टी निकट अनेरास्ववियुले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी समेत गरे । गठबन्धन टुटाउने प्रयास भइरहेको आरोप लगाउदै नेपालले जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर प्रतिष्पर्धा गर्ने जानकारी दिए ।

    कार्यक्रममा केही युवाहरूले एमसीसी खारेज गर्न आग्रह गर्दै कार्यक्रम सकेर बाहिरिने क्रममा नेपालको गाडी रोकेर नाराबाजी गरेका थिए ।युवाहरुले एमसीसीबा बारेमा स्पष्ट धारणा बनाउन समेत माग गरे ।

4565