• नेपाल सरकारले अफगानिस्तानलाई सहयोग सामग्री पठाउने भएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जान लागेको हो । गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिँदा अफगानिस्तानमा ठूलो मानवीय संकट उत्पन्न भएको छ ।

    आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

4565