-
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा समूहगत छलफल सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि २५ वटै समूहका टोली नेताले सुझाव पेस गरेका छन् । हिजो ११ वटा टोली र आज १४ वटा टोलीका नेताले सुझाव पेस गरेका हुन् ।
प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष दाहालले भोलि दिउँसो १ बजे दिने कार्यक्रम रहेको छ । यसअघि भोलि बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने पनि माओवादीले जनाएको छ । बन्दसत्रमा आएका फरक मतले पार्टीका दस्तावेज अझै समृद्ध बन्ने अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष दाहालले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । यी प्रतिवेदनमाथि बन्द सत्रमा २५ वटा समूह बनाएर छलफल भएको थियो । प्रतिवेदन पारितपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ ।
News Desk 0 response बिहिबार, पुस १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





