• योजनाहरु कटौती र प्रदेश सरकारले मन्त्रालय फुटाउने कार्य गरेको भन्दै नेकपा एमालेले बिहीबार पनि बागमती प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने वित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका थिए । बैठकमा एमाले प्रदेशसभा सदस्य केशवराज पाण्डेले विना कारण आर्थिक भार थप्ने गरी मन्त्रालय फुटाइएको बिषयमा सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने बताए ।

    एमाले प्रदेशसदस्यलाई पटकपटक बस्न आग्रह गरेपनि अवरोध भएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए ।

4565