• विगत दुई वर्ष देखि नेपालको राजनीती एमसिसिले निकै प्रभाव पारेको छ । एमसिसीको पक्ष र विपक्षमा रुमलीएका दलहरुको स्पस्ट धारणा नहुँदा दिनहुँ सडक र सदन मात्रै तातेको छैन यो मुद्धा नै पेचिलो बन्दै गएको छ ।

    अमेरीकी साहायता मिलिनियम च्यालेन्ज करर्पोरेसन अर्थात एम सि सि अघी बढाउन सत्तारुढ दलहरुलाई दबाब परेको छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदनमा टेबल गराउने तयारी थालिरहेका बेला गृह मन्त्री बालकृष्ण खाणले सरकारले अगाडी बढाउने दायीत्व नै रहेको दाबी गरे ।

    एमसिसि बारे सरकारका मन्त्रीहरुले यसो भनीरहँदा सत्ता घटक माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको धारणा भने संसोधन पछी मात्र लागु गर्न सकीने बताउदै आएका छन । यता बाहीरी रुपमा एमाले एमसिसि लागु गर्ने दायित्व सरकारको भएको भन्दै पन्छीन खोजीरहेको छ भने सत्ता गठबन्धन भत्काउने हो भने एमसिसि पास गर्न सर्मथन गर्ने भन्दै लविङ गरिहेको उसलाई आरोप लागिरहेको छ । तेसैले एमाले नेताहरु सम्झौता परिमार्जन गर्नु पर्ने राटान लगाई रहेका छन ।

    एमसिसीबारे ठुला दलहरु मौन बस्दा साना दलहरुले भने एमसिसि मुलुकको हीतमा नभएको भन्दै सदन र सडक दुबै तताईका छन ।अहीले एमसिसिको बिरोधमा साना दलहरु दिनहु सडक आन्दोलन गरिरहेका छन । कुनै पनी हालतमा एमसिसि लागु गर्न नहुने उनीहरुको अडान छ ।

4565