• नेपाल नागरिक अभियानले राजा र राजतन्त्र स्थापित गरेरै छाड्ने दाबी गरेको छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अगुवाहरुले नेपाल र नेपालको सनातनलाई बचाउँदै निषेधको राजनीति अन्त्य गर्ने दाबी पनि गरे । उनीहरुले राष्ट्र बिगार्ने, राष्ट्रियता बेच्ने र राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउनेहरुलाई चुनैती दिन देशभर अभियान चलाउने दाबी पनि गरे छ ।

    शिव सेना नेपाल मोरङ्गका अध्यक्ष शक्ति प्रसाद पोखरेलले मुलुकमा दीगो शान्ति, विकास र मुल्यमान्यताको राजनीतिक संस्कारको थालनी गर्न सबै एक हुनुपर्ने औल्याए ।नागरिक अभियानले राष्ट्रवादी संघ संस्थहरुलाई एक गराउने उद्देश्यले देशभर अभियान चलाउने भएको छ ।

4565