• एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पनि पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् । एमालेको दशौं महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग पराजित भएका रावलले यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

    उनले ट्विटरमा आफुलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको उल्लेख गरेका छन् । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए ।

4565