-
नेपाली कांग्रेसका आठ जना सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । आठ सहमहामन्त्री मध्ये ६ जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका छन् । दुई जना सहमहामन्त्री भने सभापतिमा पराजित शेखर कोइराला पक्षकाले जितेका छन् । ८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरि ६ समूहमा देउवा पक्षले जित हात पारेको छ भने पिछडिएको र दलित गरी दुई समूहमा कोइराला समूहका उम्मेदवार विजयी भएका छन् ।
आज सम्पन्न भएको मतगणनामा खसआर्यतर्फ किशोर सिंह राठौरले कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौरले २५७६ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी देवराज चालिसेले २ हजार ५९ मत प्राप्त गरेका छन् । त्यसैगरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् । मन्सुरले २७७६ र उनका प्रतिद्वन्द्वी शेख वकिलले १८७५ मत प्राप्त गरे ।
त्यस्तै, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । चौधरीले २७५६ र प्रतिस्पर्धी तेजुलाल चौधरीले १८७७ मत प्राप्त गरे । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा २४२१ मतसहित बद्री पाण्डे निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे । यसैगरी, मधेसीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् । उनले शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरेका हुन् । योसँगै कांग्रेस पदाधिकारीको मतगणना सम्पन्न भएको छ ।
पदाधिकारीमा देउवा समूहकै वर्चश्व देखिएको छ । उपसभापतिमा एक र सहमहामन्त्रीमा ६ जना देउवा समूहबाट निर्वाचित भएका छन् । देउवा इतर समूहबाट एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीमा निर्वाचित भएका छन् । पदाधिकारीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यको मतगणना शुरु गरिएको कांग्रेसले जनाएको छ ।
News Desk 0 response शुक्रबार, पुस २, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





