• शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारका प्राथमिकताका आयोजना छनोटमै समस्या रहेको औंल्याएकी छिन् । बिहीवार विकास तथा प्रविधि समितिमा मन्त्री झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको भन्दै असन्तुष्टि समेत जनाइन् । उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था पालना नै नभई पहुँचवालाको भरमा आयोजना छनोट हुने गरेको बताइन् ।

    मन्त्री झाँक्रीले योजना छान्दा कस्ता कार्यक्रम छान्ने ? अर्थतन्त्रमा के दिन सकिन्छ भन्ने कुराको विचार नगरी योजना छनोट हुने गरेको पनि स्पष्ट पारिन् । मन्त्री झाँक्रीले प्रदेश र स्थानीय तहसँग समन्वय हुन नसक्दा आवास पुनःनिर्माण, शहरी विकासका काम हुन नसकेको बताइन् ।

4565