• नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन । नेता पौडेलले छ महिनाको समयमा दुई–दुईपटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पु¥याएको भन्दै ओलीले महिनौँ दिनदेखि संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाए ।

    संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरेको पौडेलको आरोप छ । समाजिक सञ्जाल फेसबुकमा पौडेलले सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु समर्पण गरेको ठहरिने उल्लेख गरेका छन् । त्यस्तै पोडेलले १४औं महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवालाई कार्यकालको शुभकामना र बधाई पनि दिएका छन ।

4565