• नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २२० र १ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा संक्रमणबाट थप पाँच जनाले ज्यान गुमाउँदा नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ९२ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित भएकामध्ये ८ लाख ४ हजार १ सय ८ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर ६ हजार ७ सय ४४ जना संक्रिय संक्रमित रहेका छन ।

4565