• कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी शाहीले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । शाहीलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।

    प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने सहभागी थिएनन् ।

4565