• राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् । मंगलबार काठमाडौंमा भउको उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक भएको बताए । उनले पार्टीभित्र नयाँ नेतृत्वले स्थान पाउनुपर्ने भन्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको स्पष्ट पारे ।

    कार्यक्रममा राप्रपाका अध्यक्षका उम्मेद्वार नेता राजेन्द्र लिङ्देनले पार्टीका अर्का अध्यक्ष कमल थापालाई समयको पद्चाप बुझेर एकपटक विश्राम लिन आग्रह गरे । उनले आफू पार्टी अध्यक्ष बन्दा कसैले अपमानित महसुश गर्नु नपर्ने पनि बताए । नेता लिङ्देनले पार्टी भित्रका मात्रै नभई पार्टी बाहिरका शुभेच्छुकहरु पनि नयाँ नेतृत्वको पक्षमा रहेको दावी गरे ।

    उनले पार्टी भित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताए । नेता लिङ्देनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउनुपर्ने धारणा राखे ।

4565