-
नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि उनले चितवनमा मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले देश, जनता र पार्टीको सामू भएका र आउनसक्ने चुनौतीहरुको सामना गर्न आफूले उम्मेद्वारीको घोषणा गरेको बताए । उपाध्यक्ष रावलले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको बताए ।
उपाध्यक्ष रावलले नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकतावद्ध, सुसंगठित र समयका चुनौतिहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन महत्वपूर्ण रहेको बताएका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोप समेत लगाए ।
News Desk 0 response आइतवार, मंसिर ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





