-
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन । स्कटल्यान्डको ग्लासगोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप २६ का क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच औपचारिक भेट र दुई पक्षीय वार्ता भने आज हुँदैछ । भेटमा दुबै नेताबीच दीगो विकासका लागि सँगै मिलेर काम गर्न महत्वपूर्ण भएको विषयमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जानकारी गराएका छन् ।
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा जोखिम सिर्जना गर्ने विषयमा जोड दिएको बताएका छन् । दुई नेताबीच करिब चार वर्षपछि भेटवार्ता भएको हो । भेटले द्विपक्षीय सम्बन्धमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।
नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्दै नयाँ नक्सा जारी गरेपछि बिग्रेको सम्बन्ध सुधारका लागि भेटले सहयोग गर्ने अपेक्षा गरिएको छ । चौथोपटक प्रधानमन्त्री हुँदा देउवाले २०७४ भदौमा दिल्लीमा मोदीसँग भेट गरेका थिए ।
News Desk 0 response मङ्लबार, कार्तिक १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





