-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र अन्त्य गराउन पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । कीर्तिपुमा आज विहान आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पूर्वराजा ज्ञानेन्द्रका केही मान्छेसँग भेटेर ओलीले आफूलाई गणतन्त्र पटक्कै मन नपरेको र यसलाई अन्त्य गराउने उपायको खोजीमा रहेको बताएको आरोप लगाएका हुन् ।
ओलीले पूर्वराजाका मान्छेसँग भेटेर गणतन्त्र, संघीयता मन नपरेकाले उल्टाउन चाहेको गुनासो गर्ने गरेको दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले नेकपा विभाजनपछि माओवादी अब सिद्धियो भनेर प्रचार गरिएको बताउँदै त्यसविपरीत मुलुकको केन्द्रमा माओवादी केन्द्र नै स्थापित भएको दाबी गरे । विगतमा आफ्नो राजनीतिक एजेण्डाको मार्केटिङ गर्न नजानेर पार्टी कमजोर भएको बताउँदै दाहालले विगतबाट पाठ सिक्दै पार्टीमा नयाँ उभार ल्याउने घोषणा गरे ।
नेकपाको तर्फवाट केही दिनमा आफु प्रधानमन्त्री हुने अवस्था भएपनि अदालतको आदेशले दल विभाजन भएपछि त्यो सम्भावना टरेको गुनासो उनको थियो । माओवादीको साथले नै गठबन्धनबाट छ वटै प्रदेशमा ओली प्रवृति परास्त गरेको उनले जिकिर गरे ।
दाहालले अलिअलि एमाले–एमाले जस्तो, अलिअलि कांग्रेस जस्तो देखिए भन्ने जनताले ठान्न थालेको उल्लेख गर्दै माओवादी फरक हो भन्ने देखाउनुपर्ने धारणा राखे ।
News Desk 0 response सोमवार, कार्तिक १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





