• सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास विनाको राजनिती खोक्रो नारा मात्र भएको वताएका छन ।सुनसरीको वराहक्षेत्रमा नेपाली काँग्रेस बराहक्षेत्रले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले विकास विना राजनिती खोक्रो नारा मात्र भएको वताएका हुन ।

    मन्त्री कार्कीले विकास विना खोक्रो नारा मात्र लगाउने काम साम्यवादीहरुले गर्ने गरेको भन्दै आफुहरुले गर्छाै भनेको काम पुरा गरेर छोडने दावी समेत गरे । आफु निर्वाचित भएको सुनसरीको क्षेत्र नम्बर ४मा पर्ने सुनसरीको प्रकासपुर र चक्रघट्टीलाई स्मार्टसिटीका रुपमा अगाडि वढाउन विस्तृत अध्ययनका लागि बजेट छुट्याई सकेको समेत मन्त्री कार्कीले वताए । 

    नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेका कार्कीले अघिल्लो ओली सरकारले ३ वर्षमा राज्य प्रसाशनलाई दुरुपयोग गरेको आरोप पनि लगाए उनले अहिलेको सरकारले सबैको स्वतन्त्रताका निमित्त ,सबैको आत्मसम्मानको निमित्त,सबैलाई न्यायबाट बञ्चीत नहुने गरी काम गर्ने वताउदै आस्थाका आधारमा कसैलार्ई अन्याय नगर्ने समेत वताए ।

    कोशीका कारण पिडीत वन्दै आएका कोशी कटान डुवान पिडीतहरुका लागि सरकारले गर्न सक्ने जति गर्ने समेत मन्त्री कार्कीले आश्वासन दिए ।

    कार्यक्रममा राष्ट्यि भुमि आयोगका अध्यक्ष केशव निरौलाले नेपालमा २० देखि ३० लाख अव्यवस्थित वसोवास रहेको वताउदै भुमिहिनहरुका विषयमा राजनैतिक नाराका रुपमा मात्र विगत देखि उठाउदै आएकोमा त्यसको अन्त्य गर्ने गरी काम गर्ने दावी गरे ।

4565