• प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै बैठक स्थगित गरेको हो । सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको बताइएको छ ।

    मुख्यमन्त्री भीम आचार्यले आजको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । सुरुमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुनु पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्न माग गरेका थिए ।

    त्यस लगत्तै सत्तारुढ एमालेले पनि पार्र्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दिएको थियो ।

4565