• प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन २–४ दिन अघिपछि भएपनि केहि फरक नपर्ने बताएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले महाधिवेशन पर सार्ने पक्षमा आफू नरहेको बताए ।

    महाधिवेशन तोकिएकै मितिमा गर्ने उनको दाबी छ । उनले २–४ दिन यताउता भएर केही फरक नपर्ने बताए । उनले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।

    सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकालाई उचित राहत र सहयोग उपलब्ध गराउने भन्दै देउवाले मृतकका परिवारलाई २ लाख उपलब्ध गराइने बताए ।प्रधानमन्त्री देउवाले विपदमा परेका जनतालाई सरकारले हेर्ने बताए । त्यसअघि प्रधानमन्त्री देउवाले पाँचथर र इलामका प्रकोप प्रभावित क्षेत्रहरुको स्थलगत अवलोकन गरेका थिए ।

4565