-
साओमीले रेड्मी नोट लाइनअपमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । आउँदो अक्टोबर २८ अर्थात् कात्तिक ११ गते कम्पनीले रेड्मी नोट ११ सार्वजनिक गर्न लागेको हो ।चिनियाँ सोसल प्लेटफर्म वेइबोमा एक टिजर प्रकाशित गर्दै कम्पनीले फोन सार्वजनिक हुने मितिसँगै यसको डिजाइनबारे जानकारी दिएको छ । टिजरमा देखाइएअनुसार रेड्मी नोट ११ स्मार्टफोनको पछाडि चार वटा क्यामेरा हुनेछ ।
साथै यसमा ३.५ एमएमको हेडफोन ज्याक, जेबीएल स्पिकर र थोरै कर्भ्ड भएको डिस्प्ले रहनेछ ।तर कम्पनीले अन्य स्पेशिफिकेशन भने शेयर नगरेकाले फोनको डिस्प्ले साइज, क्यामेरा, चिपसेट, स्टोरेजलगायतका विवरण थाहा पाउन हामीले लञ्च इभेन्टसम्मै कुर्नुपर्ने देखिन्छ ।यसअघि सार्वजनिक भएको रेड्मी नोट १० मा स्न्यापड्रागन ६७८ चिपसेट, ४८ मेगापिक्सेलको मुख्य सेन्सरसहितको क्वाड क्यामेरा सेटअप, ६.४३ इन्च फुलएचडी प्लस एमोलेड स्क्रिन लगायतका फिचर थिए ।
News Desk 0 response शनिबार, कार्तिक ६, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३