• नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

    सहमति अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले चार–चार मन्त्रालय पाएका छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन, उमा रेग्मीलाई महिला तथा बालबालिका, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी र गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने तयारी छ ।

4565