-
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैडाको एक बर्षको खाना, उपचार लगायतको पालनपोषणको सम्पुर्ण जिम्मा लिनुभएको छ ।
नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्र्तगत एउटा गैडाको बर्षभरीको सम्पुर्ण खर्चको जिम्मा लिनुभएको हो । उहाँले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतिय बग्गी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दे विभागिय मन्त्रीलाई त्यसको व्यवस्थागर्न निर्देशन पनि दिनुभयो । बुढाबुढी असक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको उहाँले बताउनुभयो । आफुले कोभिड रहुन्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैडाको खाना .बराबर श्रीमती राधीका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाउनुभयो ।
मानिसलाई सहयोग गर्न मानिसहरु तयार रहे पनि जनावरलाई सहयोग गर्ने पद्धतीको विकास नभएको र त्यसको विकासका लागि एडप्ट एन एनिमल कार्यक्रम सहयोगी हुने बताउनुभयो । उहाँले सम्बोधनका क्रममा प्रकृति, जीवन र जगतको बारेमा प्रवचन नै दिनुभयो । एकसिंगे गैडाका बारेमा पनि लामो व्याख्या गर्नुभयो ।
उहाँले भन्नुभयो “जु संकटमा पर्यो । कर्मचारीलाई त तनखा दिन्छौ होला । थोरै भएपनि । फिप्टी प्रतिशत । यी जनावर त कोही पनि नआएपछि त फिप्टी प्रतिशत पनि हुदैन । संकटमा परेनन् ? यीनीलाई संकटमा पर्न नदिनका लागि हामी विभिन्न उपायहरु गछौ । जसमध्ये एडप्ट एन एनिमल हो । यो एक सिंगे गैडा नजिकै गयो भने त्यत्ति राम्रो मान्दैन । एडप्ट गरेपछि त अलि राम्रो मान्नुपर्ने नि ? नजिक गयो भने त्यत्ति राम्रो मान्दैन । तैपनि यो यसै धर्तीमा जन्मेको । यो एकसिंगे गैडा चाहीँ यही जन्मेको हो । यो एकसिंगे गैडा,यसका पुर्खा न अन्त जान्थेँ, न अन्त पैदा हुन्थे । यो अमेरिकामा जन्मदैन । अमेरिकामा बसोबास गर्न बसाई पनि जादैन । डिभि पनि काट्दैन यसले । यसलाई नेपाल प्यारो छ । नारायणीको किनार राम्रो छ । यो ओरिजिनली नेपाली हो । ”कार्यक्रममा कोषका सदस्य सचिव शरदराज अधिकारीले कोषले सरकारको लक्ष अनुसार संरक्षित क्षेत्रको संरक्षण तथा विस्तारमा उत्साहका साथ काम गरिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय मञ्चमा नेपालको संरक्षित क्षेत्र बढाएर हालको २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने कुरा बताउदै आएको उल्लेख गर्दे प्रधानमन्त्रीको उद्घोषलाई कार्यान्वयन गर्ने विषयमा कोषको भूमिका अझै बढेर जाने बताउनुभयो । प्रधानमन्त्रीको उद्घोष कार्यान्वयन गर्न कोष उत्साहका साथ लाग्ने प्रतिबद्धता पनि उहाँले जाहेर गर्नुभयो ।
कार्यक्रममा एडप्ट एन एनिमल कार्यक्रम अन्र्तगत एउटा एक सिंगे गैडाको एक बर्षको अभिभावकत्व प्रधानमन्त्री पत्नी राधीका शाक्यले गर्नुभएको छ । त्यसैगरी बन तथा वातावरणमन्त्री प्रेम आलेले एउटा हात्ती, नारायणी हस्पिटालिटी सर्भिसेस प्रालिले एउटा सारष, कन्टीनेन्टल टे«डिङ्गका अदिती घिमिरेले एउटा रेडपाण्डा, काष्ठमाण्डप इभेन्टका सुनिल भण्डारीले एउटा सारस, लक्ष्मी बैकले एउटा लाटोकोसेरो, मेगा बैकले एउटा डाँफे र १० बर्षका विभन सिं बस्नेतले एउटा लभवर्डको अभिभावकत्व लिनुभएको छ । यसरी अभिभावकत्व लिने सबैले आफ्नो संरक्षणमा रहेका जनावर तथा पंक्षीको बर्षभरीका पालनषोषण, औषधोपचार लगायत सम्पुर्ण खर्च व्यहोर्नुपर्नेछ ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३





