• नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष पनि नहुने भएको छ । कोरोना महामारीका कारण कांग्रेसले गत वर्ष पनि चियापान गरेको थिएन् ।

    कोजाग्रत पूर्णिमाका दिन विगतमा हरेक वर्ष हुँदै आएको चियापान समारोह यो वर्ष पनि नहुने निश्चित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कोरोना महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै कांग्रेसले चियापान स्थागित गरेको हो ।

    वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो ।कांग्रेसले चाडपर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कता अपनाउनसमेत अपिल गरेको छ ।

4565