• नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयन गर्न गठित उच्चस्तरीय कार्यदलले सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

    एमाले पार्टी कार्यालय थापाथलीमा मंगलबार बसेको बैठकमा १० बुँदे सहमतिको केहि बुँदा कार्यान्वयन भइसकेको र अन्य बुँदा पनि कार्यान्वयन गरेर अघि बढ्ने निष्कर्ष निकालिएको कार्यदल संयोजक भीम रावलले जानकारी दिए । बैठकमा बिधान महाधिवेशनमा हुने प्रतिनिधित्वका बिषयमा देखिएका समस्या समाधानका विषयमा पनि छलफल भएको छ ।

    कार्यदलमा महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन ।

4565