• नेकपा एमालेका अध्यक्ष केपी ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्ने बताएका छन । ओलीले बिभिन्न प्रतिवेदनमाथि गहन छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने बताए । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय समिति बैठकमा उनले आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिए ।

    बैठकमा विधान महाधिवेशनमा पेस गर्ने बिभिन्न तीन प्रतिवेदन पेश भएको छन । राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश गरिएका हुन । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोलीमा सातवटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, बिभागीय प्रदेश र बिशेष प्रदेश समूह रहेका छन् । लामो समयदेखि उत्पन्न जटिलता समाधान गर्दै १० बुदे समझादारीलाई पूर्णरुपमा कार्यान्वयनको बाटोमा पार्टी उन्मुख रहेको एमालेले प्रबक्ता प्रदिप ज्ञावलीले बताए ।एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

4565