-
प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी ओलीले राज्यले बाँड्ने विभूषण र पदकहरु सत्ता गठबन्धनका नेता, तीनका परिवार र एमाले सरकारविरुद्ध निरन्तर लागेका मिडियाकर्मी तथा वकिलहरूलाई बाँडिएको आरोप लगाएका छन् ।
ललितपुरको च्यासलमा पार्टीले आयोजना गरेको संविधान दिवस कार्यक्रममा ओलीले संविधान दिवस भनेको बाबु, श्रीमति र छोराछोरीको मुख हेर्ने दिने हो भनि व्यंग्य गरे । सरकारले अलंकार, पदक र विभूषणको नाकमा कालो पोतेको ओलीको आरोप थियो ।
प्रतिनिधिसभा विघटन गर्ने आफू प्रधानमन्त्री भएका बेलाको दुई पटकको निर्णय उल्ट्याउने प्रधानन्यायाधीश र न्यायाधीशहरूले सम्मान पाएकोप्रति पनि ओलीले आक्रोश पोखे ।
आफू प्रधानमन्त्री रहेको बेला सरकारका पक्षमा नलेख्ने सञ्चार संस्थाका प्रमुखलाई विभूषण दिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेको सरकार ढाल्न प्रतिनिधि सभा पुनःस्थापना गर्न भूमिका खेल्नेहरुले पदक पाएमा असंतुष्टी जनाउदै न्यायाधीशहरुलाई पदक अस्वीकार गर्न आग्रह गरे ।
News Desk 0 response आइतवार, अशोज ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





