• नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुक संघीयतामा गइसकेपछि पनि केन्द्रीकृत शासन प्रणाली चलिरहेको बताएका छन् ।

    महेन्द्रनारायण निधि प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा निधिले स्थानीय बिकासका लागि पनि सिंहदरबारबाट निर्णय भइरहेको बताउँदै त्यसका लागि राजनीतिक दलहरुको कमजोरी भएको बताए । उनले तत्कालिन अवस्थामा मुलुकलाई निकास दिनका लागि परिस्थितिवश एक थान संविधान बनाएको भन्दै संविधानमा सुधार गर्दै लैजानुपर्ने धारणा राखे ।

    पूर्वसभामुख दमननाथ ढुंगानाले सरकार र राजनीतिक दलहरूले संविधानको मर्म बुझ्न वा बुझाउन नसकेको बताए । ढुंगानाले प्रधानमन्त्रीको अघिल्तिर तोप पड्काउँदैमा संविधान दिवस मनाएको नहुने बताए ।

    प्रदेश नम्बर–२ का भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतले आफै मुख्यमन्त्री बनेको संविधान जलाउने निर्णय गर्नु अनैतिक भएको बताए । उनले संविधानमा भएका कमजोरी सुधार्न सकिने भन्दै संविधान नै अस्वीकार गरेर सत्ताको लाभ लिनु अनैतिक हुने बताए ।

4565