• नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाउन थालेको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा संचारकर्मीसंग कुरा गर्दै थापाले कांग्रेसको कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न नसकिने र खुम्चिनुपर्ने अवस्था आएको बताए । उनले प्रधानमन्त्री देउवाले कांग्रेसका लाखौँ लाख कार्यकर्तालाई जवाफविहीन बनाएको बताए ।

    अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेस चुनावी भविष्यसमेत जोडिएकाले बेलैमा सोच्नुपर्ने सांसद थापाले सुझाव दिए । उनले सरकारको कार्यशैली तत्काल सुधार नगर्ने हो भने कार्यकर्तामा थप निराश नबनाउन आग्रह गरे ।

4565