• नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम सुदुरपश्चिम ईन्चार्ज खगराज भट्टले देशलाई बचाउने जिम्मेवारी माओबादी केन्द्रको रहेको बताएका छन् । मंगलबार अनेरास्वयु क्रान्तीकारी कैलालीको २० औ जिल्ला सम्मेलन लाई धनगढीमा सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन । उनले आगामी निर्वाचनमा सुदुरपश्चिममा माआवादी केन्द्र पहिलो दल बन्ने दाबि पनि गरे । उनले पार्र्टीलाई मजबुद बनाउनका लागी सबैले आ–आफनो क्षेत्रबाट लाग्नु पर्ने बताए ।

    कार्यक्रममा अनेरास्वयु क्रान्तीकारीका केन्द्रीय उपाअध्यक्ष पन्चा सिहले संघीयता कार्यान्वयनका लागी माओबादी केन्द्रको नेतृत्व जरुरी रहेको बताईन । उनले सबिधानको कार्यन्वयन र मौलिक अधिकार ठिक ढंगले कार्यान्वयन नहुने दाबि गरिन् ।कार्यक्रममा सहभागीहरुले देशको पछिल्लो राजनीतिक गतिविधिले नागरिकमा निराशा बढाएकोमा चिन्ता व्यक्त गरेका थिए ।

4565