-
नेकपा माओवादी केन्द्रले महाकाली नदिमा एक नेपाली बेपत्ता भएको घटनामा सरकारले भारतसंग वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले महाकाली घटनाको विषयमा भारतसँग कुरा गर्नुपर्ने निस्कर्ष निकालेको हो । त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’का बारेमा माओवादीको यसअघिको धारणा कायमै रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । हुम्लाको हिल्सा सीमा क्षेत्रको अध्ययनका लागि राष्ट्रिय सहमति गरेर मात्रै निर्णयमा पुग्नुपर्ने माओवादीको भनाइ छ ।
हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको थियो । त्यस्तै बैठकले केन्द्रीय निकायहरुमा पदपूर्तिका लागि सुझाव दिन गिरिराजमणि पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ । अन्य दलबाट आएका नेताहरुको समायोजनका लागि सुझाव दिन गठित पोखरेल नेतृत्वको कार्यदललाई नै पार्टीको केन्द्रीय निकायहरुमा पूर्णता दिने जिम्मेबारी दिइएको हो ।
News Desk 0 response शुक्रबार, भदौ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





