-
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि नेपाल युवा उद्यमी मञ्च (NYEF) ले रु. ५० लाख सहयोग गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत NYEF ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
NYEF का अध्यक्ष आभूषण ज्योति कंसाकारसहितको टोलीले सहयोग रकम माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। बाढीबाट प्रभावित परिवारको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको NYEF ले जनाएको छ।
रसुवामा आएको बाढीले जनजीवन प्रभावित बनाएपछि देशभरबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ। NYEF को देशव्यापी सञ्जालअन्तर्गत विभिन्न च्याप्टर, उद्यमी, सदस्य तथा संस्थाहरूको सामूहिक पहलबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ करोडभन्दा बढी सहयोग जुटाइएको मञ्चले जनाएको छ।
त्यसैगरी, NYEF ले प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोगका कार्यक्रमसमेत निरन्तर सञ्चालन गर्दै आएको छ। मञ्चका अनुसार विपद्को समयमा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूलाई पुनःस्थापना र पुनर्निर्माणको चरणसम्म साथ दिनु आफ्नो सामाजिक दायित्व हो।
NYEF ले रु. ५० लाखको यो सहयोगलाई आर्थिक योगदान मात्र नभई प्रभावित समुदायप्रतिको ऐक्यबद्धता, विश्वास र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति भएको बताएको छ।
“सँगै उभिन्छौँ, सँगै पुनर्निर्माण गर्छौँ” भन्ने प्रतिबद्धतासहित NYEF ले रसुवाका प्रभावित समुदायको साथमा निरन्तर उभिने जनाएको छ।
News Desk 0 response शुक्रबार, भदौ १९, २०८३
-
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३

बुधबार, भदौ १७, २०८३