• इटहरी । इटहरी–७ स्थित सेक्रेड हार्ट कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४ वर्षे ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। कलेजले विद्यार्थीलाई व्यवस्थापन तथा व्यवसाय क्षेत्रमा आवश्यक सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले बीबीए कक्षा सुरु गरेको हो ।
    सोही अवसरमा पहिलो सेमिस्टरका  विद्यार्थीहरुलाई स्वागत गरेको छ । 
    ४८ जनाको कोटा रहेको कलेजमा २७ जना विद्यार्थी भर्ना भएको छभने आउने क्रम जारी रहेको पनी कलेज ब्यवस्थापनले जनाउको छ । 
    कलेजमा आयोजित कार्यक्रम सेक्रेड हार्ट कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवप्रसाद गुराँगाईंको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
    बीबीए कार्यक्रम ८ सेमेस्टरमा विभाजित १२० क्रेडिटको रहेको कलेजले जनाएको छ। कार्यक्रममा कलेज सञ्चालक ज्योतिप्रसाद धितालले पाठ्यक्रमलाई व्यावहारिक र रोजगारमुखी बनाइएको जानकारी दिए। उनका अनुसार कार्यक्रममा अतिथि व्याख्यान, केस स्टडी विश्लेषण, फिल्डवर्क तथा अनिवार्य कर्पोरेट इन्टर्नसिपलाई समावेश गरिएको छ। विद्यार्थीको निरन्तर मूल्याङ्कनअन्तर्गत आन्तरिक परीक्षा, कक्षा प्रस्तुतीकरण र सक्रिय सहभागितालाई समेत प्राथमिकता दिइनेछ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले इटहरी शैक्षिक हबका रूपमा विस्तार हुँदै गएको अवस्थामा सेक्रेड हार्ट कलेजले उच्च शिक्षाको क्षेत्रमा नयाँ अवसर थपेको बताइन्। उनले निजी शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई पनि सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीसरह आवश्यक सहयोग र अवसर उपलब्ध गराउनुपर्ने धारणा राखिन्।
    कलेजका अध्यक्ष गुरुङले ३२ वर्षअघि स्थापना भएको शैक्षिक संस्थाबाट उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यतालाई क्रमशः अन्त्य गर्ने उद्देश्यले बीबीए कार्यक्रम सुरु गरिएको बताए।
    कलेज संयोजक केवलमणि रिजालका अनुसार कलेजमा डिजिटल स्मार्ट बोर्डसहित स्वच्छ, प्रविधिमैत्री र सिकाइका लागि अनुकूल वातावरण तयार गरिएको छ। क्याम्पस प्रमुख डिककुमार तामाङले विद्यालय स्थापनादेखि हालसम्मको यात्रामा कलेजले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै नयाँ कार्यक्रम थप गर्दै आएको बताए।
    कार्यक्रममा कलेज सञ्चालक गोपालप्रसाद पौडेल, खम्बसिंह बस्नेत, पुष्कर गुरुङलगायतको उपस्थिति रहेको थियो।
    
4565