-
इटहरी । ११औँ राष्ट्रिय योग दिवस इटहरीमा उत्साहपूर्ण रूपमा मनाइएको छ । जीवन विज्ञान इटहरी नगर समितिको आयोजनामा राष्ट्रिय योग दिवसको अवसरमा बिहानै राधाकृष्ण शिव मन्दिरबाट योग सचेतना ¥याली निकालिएको थियो ।
¥यालीले मुख्य बजार परिक्रमा गर्दै इटहरी उपमहानगरपालिकाको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
जीवन विज्ञान इटहरी नगर समितिका अध्यक्ष विषेश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले ११औँ राष्ट्रिय योग दिवसको शुभकामना व्यक्त गर्दै अहिलेको समय विश्व मानव समुदाय अशान्ति, तनाव र रोगको चपेटामा परेको बताइन् । मानिसहरू औषधिमा अत्यधिक निर्भर बन्दै गएको अवस्थामा योग नै स्वस्थ जीवनको प्रभावकारी र दीर्घकालीन उपाय भएको उल्लेख गर्दै उनले सबैले समय छुट्याएर नियमित योग अभ्यास गर्नुपर्नेमा जोड दिइन् । साथै विद्यालय तहदेखि नै योग शिक्षालाई पाठ्यक्रममै समावेश गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा जीवन विज्ञान प्रशिक्षक तथा शिक्षा विकास वृत्तकी केन्द्रीय सह–संयोजक बालिका भट्टराईले माघ १ गते मकर सङ्क्रान्ति र ११औँ राष्ट्रिय योग दिवस एकै दिन परेको उल्लेख गर्दै आजको दिन सूर्य उत्तरायणमा प्रवेश गर्ने विशेष दिन भएको बताइन् । उनले यस दिनलाई प्रकाश, ज्ञान, सकारात्मक सोच, आत्मशुद्धि तथा आध्यात्मिक जागरणको शुभ सुरुवातका रूपमा लिइने गरिने बताइन । कार्यक्रममा सहभागी राजु गौतम र दिपक बरालले योग केवल शारीरिक अभ्यास मात्र नभई आत्मा जागृत गर्ने साधना भएको बताए । योगले शरीर, मन र आत्माबीच सन्तुलन कायम गरी सकारात्मक जीवनशैली निर्माण गर्न सहयोग पु¥याउने बताए ।
News Desk 0 response बिहिबार, माघ १, २०८२
कार्यक्रममा नारी शक्ति वृत्त कोशी प्रदेश संयोजक सीता कार्की, सल्लाहकार शुशिला मैया साही कार्की लगायत जीवन विज्ञानका साधक, प्रशिक्षक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२





