-
इटहरी । विश्वप्रसिद्ध खेल क्रिकेटको प्रवद्र्धन तथा विद्यार्थीस्तरीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ नेपाल दयानन्द मिसन ग्लोबल एकेडेमी (डिभिएम) इटहरीले डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।
सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत डिभिएम एकेडेमीले प्रतियोगिता पुस ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। डिभिएम एकेडेमीको आफ्नै खेल मैदानमा हुने प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका १९ वटा विद्यालयका टिमहरू सहभागी हुनेछन ्।
प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्रसहित २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमलाई सिल्ड, प्रमाणपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ नगद प्रदान गरिने विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष इश्वरी प्रसाद पराजुलीले जानकारी दिए ।
त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गर्दै मेडल, प्रमाणपत्र तथा ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।
News Desk 0 response मङ्लबार, पुस ८, २०८२
उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १÷१ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
विद्यालयस्तरीय क्रिकेट खेलको विकास र प्रतिभावान खेलाडीको पहिचान गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको डिभिएम ग्लोबल एकेडेमी इटहरीका सहायक प्राचार्य नारायण सुवेदीले बताए ।
पछिल्लो समय क्रिकेटप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै गएको हुनाले विद्यालयस्तर बाटै खेल क्षेत्रबाट खेलाडीलाई अघि बढ्न सहज हुने भएकोले प्रतयक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको विद्यालयका शिक्षक तथा क्रिकेट प्रशिक्षक छितिज दाहालले बताए ।
गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिने डिभिएमका लेखा संयोजक टिकादत्त वनले जानकारी गराए ।
क्यान सुनसरीको प्रविधिक सहयोगमा संचालन हुने खेलमा ड्युज बलले खेलाइने छ ।
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३