-
इटहरी । आउदै गरेको ख्रीष्टमस अर्थात् येशू ख्रीष्टको जन्मदिनको अवसरमा ईसाई समाज कोशी प्रदेशको आयोजनामा शुभकामना आदान–प्रदान तथा बधाई ज्ञापन समारोह इटहरीमा सम्पन्न भएको छ ।
होटल इनटुरिष्ट प्यालेसमा आयोजित कार्यक्रममा हालै कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगरस्तरमा गठन भएका ईसाई समाजका नयाँ पदाधिकारीहरूलाई औपचारिक रूपमा बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
कोशी प्रदेशभर रहेका ईसाई समाजका पदाधिकारीहरूलाई सम्मान गर्दै संगठनात्मक एकता सुदृढ बनाउनु, समुदायबीच आपसी सद्भाव र सहकार्यलाई विस्तार गर्नु तथा सामाजिक–योगदानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै अध्यक्ष विक्रम एक्तेनले ख्रीष्टमसले आशा, प्रेम, सहयोग र मेलमिलापको सन्देश दिने उल्लेख गरे ।
कोशी प्रदेशमा व्यवस्थित संरचना, संगठनात्मक विकास, समुदायको हकहित तथा सामाजिक सहकार्यलाई बलियो बनाउने लक्ष्यका साथ ईसाई समाज अघि बढिरहेको उनले बताए ।
उनले नयाँ पदाधिकारीहरूले आफ्नो क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरी समुदायलाई एकताबद्ध गर्दै सर्वांगीण विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
News Desk 0 response बुधबार, मंसिर २४, २०८२
कार्यक्रम ईसाई समाज कोशी प्रदेशका अध्यक्ष विक्रम एक्तेनको अध्यक्षतामा सम्पन्न भएको थियो भने समाजका सल्लाहाकार डायनियल सुब्बा, संखुवासभाका अध्यक्ष लाक्पा शेर्पा, खोटाङका अध्यक्ष सुनिल चाम्लिङ राई, झापाका अध्यक्ष इसाहाक सेन्चुरी, विराटनगरका नगर अध्यक्ष दिपनारायण चौधरी तथा कोशी प्रदेश आमा संगतीका प्रतिनिधिहरूको विशेष उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो । सहभागीहरूले प्रदेशभर ईसाई समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचान सुदृढ बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





