-
इटहरी । धार्मिक महत्व बोकेको इटहरी र सुन्दरहरैचाको संगम स्थल वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वको अवसरमा धार्मिक कलश शोभा यात्रा इटहरीमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी पाँच दिन सम्म मनाइने छठ पर्वको अवसर पारेर वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वलाई लक्षित गरि कलश शोभा यात्रा निकालिएको हो ।
सुर्य देवताको उपसना गरी मनाइने छठ पर्व श्रद्धा र निष्ठाको पर्वका रुपमा मनाउने गरिन्छ ।
सोही अवसर पारेर सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरबाट झाँकी सहितको कलश शोभा यात्रा निकालिएको थियो ।
सुनसरी र मोरगं जिल्लालाई छोड्ने पुर्व पश्चिम राजमार्ग संगैको बुढिगंगा जमुना मुक्तिधाम क्षेत्रको नदि तटमा समानता र एकताको पर्वको रुपमा छठपर्व विशेष धुमधामका साथै विगत ३५ वर्ष देखि मनाउने गरिएको छ ।
छठ पर्व केन्द्रित कलश शोभामा नौमती बाजा, धार्मिक झाँकी सहित इटहरीको मुख्य बजार क्षेत्र हुदै छठ पुजाका लागि तयार गरिएको वृद्ध गंगा नदिको कार्यक्रम स्थलमा कलश शोभा यात्रामा सहभागी संघ सस्थाहरु लाइ प्रसंसापत्र वितरण गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथी बह्माकुमारी राजयोग सेवा केन्द्रकी संचालिका बह्माकुमारी सारदा सिटौलाले छैठ पर्वको रौनक कस्तो हुने भन्ने विषयमा यो शोभा यात्राले देखाएको र इटहरीको छैठ पर्व अझ कोशी प्रदेशकै उकृष्ट बन्न सक्ने बताइन ।
छठ पर्व सेवा समितिका उपाध्यक्ष बासुदेव कर्णले कलश शोभा यात्रामा भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको बताए ।
एनले सम्पूर्ण तयारी पुरा गरी आगामी १० गते साँझ सूर्य अस्त र ११ विहान उदाउदो सुर्यलाई अर्घ का लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।
त्यस्तै समितीका सचिव मुकेश कुमार चौधरीले वृद्ध गंगा नदिको पवित्रताले गर्दा पनि छठ पर्व गर्नेहरुको संख्या हरेक वर्ष बढी रहेकोले ६ सय पुजा घाट निर्माण गरि वितरण गरिसकेको बताए उनले यस वर्ष विविध कारणले घाट निर्माणमा समस्या आए पनी पुरा गर्न सफल भएको र शान्ति सुरक्षालाई ब्यवस्थीत बताएको बताए ।
शोभा यात्रामा बह्माकुमारी राजयोग सेवा केन्द्र,राधेश्याम सेवा ट्रष्ट,नँया विन्दावन गौशाला,इस्कोन इटहरी, राधाकृष्ण शिब मन्दिर,कलुवार सेवा समाज,संयुक्त खस क्षेत्री नेपाल, हलुवाई सेवा समाज,नेपाल, नाई संघ, सुडी समाज, लगायतको विभिन्न सस्थाहरुको झाँकी सहित भब्य सहभागिता रहेको थियो ।
News Desk 0 response आइतवार, कार्तिक ९, २०८२
छैठ पर्व सेवा समितीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता तथा अमरजित गोश्वामीको संयोजनमा भएको समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रवक्त दिवस पोख्रेल,राधेश्याम सेवा ट्रष्ट,नँया विन्दावन गौशालाका संरक्षक महामण्डलेश्वर दिनबन्धू शास्त्री, कोशी प्रदेश सभासदस्य मिना श्रेष्ठ,उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, माया घर नेपालकी अधयक्ष शुभद्रा प्याकुरेल लगायतका बिभिन्न सस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३





