-
इटहरी । शुभ दिपावली, नेपाल संवत, छठ पर्व लगायतका चाडपर्वहरूको अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले शुभकामना आदान–प्रदान सहित देउसी कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि मङ्गलबार सेवा केन्द्रको हलमा देउसी खेली उत्सवमय वातावरणमा मनाइएको हो ।
कार्यक्रममा लोकप्रिय गायक समसेर रसाइली र सूर्य काश्यपले देउसीसँगै तिहारका विविध गीत प्रस्तुत गरी उपस्थितलाई झुमाएका थिए । साथै, सहभागीहरूले नाचगान र रमाइला प्रस्तुति बाट पर्वको उल्लास मनाएका थिए ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख सञ्चालिका ब्रह्मकुमारी शारदा सिटौलाले नेपालीहरूको दोस्रो महान् पर्व तिहारले पारिवारिक र सामाजिक सम्बन्ध झनै सुदृढ बनाउने बताउँदै परम्परागत देउसी–भैलो संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
उनले आध्यात्मिक चेतना, शान्ति र सद्भाव फैलाउने उद्देश्यले केन्द्रले विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम गर्दै आएको जानकारी पनि दिइन् ।
News Desk 0 response मङ्लबार, कार्तिक ४, २०८२
कार्यक्रममा सार्वजनिक दुर्गा पूजा समितिका अध्यक्ष सन्दीप बोगटी, ब्रह्मकुमार तुलसी भाइजी लगायतका समाज सेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । देउसी कार्यक्रमको समापनमा सबै सहभागीहरूलाई तिहारको शुभकामना आदान–प्रदान गरिएको थियो ।
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३