• इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगतको अभाव नहोस भनेर वार्षिक तालिका नै वनाएर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले इटहरीमा रक्तदान कार्यक्र सम्पन्न गरेको छ । होटल तथा पर्यटन व्यवसायीहरु आवद्ध रहेको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले वार्षिक कार्य तालिका नै वनाएर रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ । यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिईएको हो । कार्यक्रमका संयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका उपाध्यक्ष केशव गिरीले दिएको जानकारी अनुसार इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५जनाले रक्तदान गरेका छन् ।

    जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी दिवस पोख्रेलले प्रसंशा गर्दै भने ः जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले समयसमयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ , यो अति नैप्रशंनिय कार्य हो , मानव उपचारका लागि आवश्यक पर्ने रगत संकलन गरिनु पर्छ , ग्रामिण क्षेत्रमा समेत सचेतना वढाएर रक्तदान कार्यक्रम आयोजना गर्नु पर्ने अहिलेको आवश्यता हो ।
    कार्यक्रमका अध्यक्ष तेजबहादुर पुरीले आफुहरुले विभिन्न खाले सामाजिक कार्य गर्दै आएको र पर्यटकीय गतिविधि वढाउनका लागि पनि समन्वय र सहकार्य गर्दै आएको विषयमा जानकारी दिदै भने ।

    रक्तदान कार्यक्रममा कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२का सहसंयोजक कृष्ण शाह, होटल व्यवसायी संघ कोशी प्रदेशका पुर्व उपाध्यक्ष मणिन्द्र वहादुर कटुवाल , धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष देश वन्धु कार्की , होटल तथा लज व्यवसायी समिति इटहरीका अध्यक्ष उमानाथ दाहाल , होटल व्यवसायी संघ ईटहरीका सचिव प्रेमराज गिरी , धरान होटल व्यवसायी संघका सचिव रविन अधिकारी , भेडेटार होटल एण्ड एशोसियनका सचिव रमेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

4565