• इटहरी । उज्यालो युगका प्रवर्तकको रुपमा नेपाल विद्युत प्राधिकरणका पुर्व प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सुनसरीको इटहरीमा नागरिक अभिन्दन गरिएको छ ।
    रिजाल्स भिजन पाटी प्यालेसमा भएको कार्यक्रम भोजपुर समाज सेवा केन्द्र , स्वतन्त्र नागरिक समाज सुनसरी लगायतका संघसस्थाहरुले घिसिङलाई नेपालमा उज्यालो युगको प्रवर्तकको रुपमा नागरिक अभिन्दन गरेका हुन ।
    स्वतन्त्र नागरिक समाज सुनसरीका संस्थापक सल्लाहकार शालिग्राम पाण्डेको अध्यक्ष तथा जनता बहुमुखी क्याम्पस इटहरीकी प्रमुख डा.गिता अधिकारी पौडेलको प्रमुख आतिथ्यमा घिसिङलाई सम्मान सहित नागरिक अभिन्दन गरियो ।
    अभिन्दन कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग संघ इटहरी, किरात याक्थुङ चुम्लुङ्ग इटहरी, किरात राई यायोख्खा, नेपाल धानुक मण्डल संघ, नेपाल शेपां संघ, भुजेल सेवा समाज इटहरी , नेवा देयः दबु इटहरी , नेपाल थारु कल्याणकारी सभा इटहरी लगायतका संघसस्थाहरुको सक्रिय सहभागिता रहेको थियो ।

    सो अवसरमा कुलमान रामेछाप जिल्लाको दुर्गम ठाँउमा सामान्य किसान परिवारमा जन्मिए र सोही ठाउँको सरकारी स्कुलमा पढेर देशलाई लोडसेडिङमुक्त वनाउने अभियान्ता भएको जानकारी गराइयो ।
    गाउँमा पढ्दा टुकी बालेर पढ्ने कुलमानले काठमाडौंमा आएपछि मात्र विजुली देखे विजुली बत्ती बलेको देखेपछि आफनो गाउँ बेथानमा पनि विजुली बत्ती बाल्ने अठोट गरेर बेथान सहित देशभर उज्यालो वनाउने कार्यमा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक हुँदा अभियान थाले । बेथान सहित देशका अधिकाँश क्षेत्रमा विजुली वाल्न सफल समेत भए ।

    विगतमा नेपालीहरुले भोग्दै आएको लोडसेडिङ हटाउने कार्यको श्रेय समेत कुलमान पाएका छन । उनी प्रवन्ध निर्देशक हुँदा मुलुकलाई लोडसेडिङमुक्त वनाएका थिए ।
    लोडसेडिङमुक्त सहित उज्यालो अभियानका अभियान्ता कुलमानलाई अहिले पनि विद्युत लाइन गएको समेत धेरैले सम्झने गरेका छन ।
    प्राधिकरणको प्रवन्ध निर्देशकबाट हटाइएका घिसिङ उज्यालो अभियान सहित राजनितिमा समेत आउन लागेका छन ।

4565