-
धरान । नृत्य निर्देशकहरुको पेशागत विकास र संस्थागत सशक्तीकरणका लागि स्थापित नृत्य निर्देशक संघ नेपाल (डिडान) सुनसरीको पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
धरान–१२ स्थित सिङ्कईन डान्स स्टुडियोमा सम्पन्न भएको उक्त भेलामा संघका अध्यक्ष मणिकुमार लिम्बुको अध्यक्षता र कोशी प्रदेश अध्यक्ष राजु बस्नेतको प्रमुख आतिथ्यता भएको थियो ।
सभामा संघका सचिव तुलसी घिमिरेले गत वर्षको सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुरेश राईले आर्थिक विवरण प्रस्तुत गरेका छन् ।
संघका अध्यक्ष मणिकुमार लिम्बुले संघले नृत्य निर्देशन व्यवसायमा संलग्न पेशेवरहरुलाई संस्थागत बनाएर तालीम, कार्यशाला र अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले संघमार्फत पेशागत सुरक्षा सुनिश्चित गर्दै कलाकारहरुको क्षमता वृद्धिका लागि दीर्घकालीन योजना अघि सार्ने जानकारी दिए ।
प्रमुख अतिथि राजु बस्नेतले डिडानको संरचना भर्खरै निर्माण भएकाले अपेक्षित रूपमा काम अगाडि बढाउन समय लाग्ने जनाउँदै आगामी दिनमा संघीय र स्थानीय तहमा नृत्य निर्देशनको पहिचान र सम्मान अभिवृद्धि गराउने कार्यक्रमहरू सञ्चालन गरिने बताए ।
News Desk 0 response शनिबार, असार २१, २०८२
कार्यक्रममा वरिष्ठ चरिया नृत्य निर्देशक लक्ष्मी शाक्य, धरान नृत्य कला प्रतिष्ठानका अध्यक्ष नन्दा राई, तथा चलचित्र पत्रकार संघ कोशी प्रदेशकी अध्यक्ष सन्जु राई (सुमित्रा)ले शुभकामना मन्तव्य राख्दै नृत्य निर्देशनको संस्थागत एकताको आवश्यकता माथि जोड दिएका थिए ।
धरान, इटहरी, बराहक्षेत्र लगायतका विभिन्न क्षेत्रका नृत्य निर्देशकहरुको सहभागिता रहेको उक्त कार्यक्रमले डिडान सुनसरीको भावी यात्रालाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ ।
साधारणसभाको अवसरमा डिडान सुनसरीमा आबद्ध भएका २० जना नयाँ नृत्य निर्देशकहरुलाई प्रमाणपत्र वितरण गरिएको डिडानका सचिव तुलसी घिमिरेले जानकारी दिए ।
कार्यक्रममा संघका उपाध्यक्ष देवराज खड्का, गायिका तथा कलाकार शान्ति नाल्बो, चलचित्र निर्मात्री तथा कलाकार दिलु सुब्बा, धरान नृत्य कला प्रतिष्ठानका सचिव सन्तोष तामाङ, कलाकार मन्जु राई लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३





