-
आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस चन्द्रागिरि नगर समितिले निर्वाचन गतिविधिलाई तीव्रता दिएको छ ।पन्द्रह वडा रहेको नगरपालिकामा सो पार्टीले मतदातालाई आकर्षित गर्न घरदैलो अभियान तथा आफ्ना सम्पर्क कार्यालय स्थापनालाई एकसाथ अगाडि बढाइरहेको छ ।
काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँ विकास समिति मिलाएर बनाइएको चन्द्रागिरिको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ रहेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएको छ । विसं २०७४ जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ३८ हजार ८३६ मतदाता रहेका थिए । यस पटकको निर्वाचनमा २२ मतदान स्थल ५६ मतदान केन्द्र तोकिएको छ ।
गत स्थानीय तहको निर्वाचनमा १३ हजार ३०९ मत प्राप्त गरी नेपाली कांग्रेसका नेता घनश्याम गिरी मेयर पदमा निर्वाचित भएका थिए । कांग्रेसले चन्द्रागिरिका वडा नं ३, ४, ७, १२ र १४ मा वडाध्यक्ष पद आफ्नो पक्षमा ल्याएको थियो । कांग्रेस नगर समितिका सभापति गिरीले भन्नुभयो, “यस पटकको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख, उपप्रमुखसहित सबै वडामा कांग्रेसले विजय हासिल गर्छ ।”
घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका साथ नेता तथा कार्यकर्ता नगरवासीका घरघरमा परिचालन भइरहेका छन् । यसअघि नगरमा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु राजन केसी, ध्यानगोविन्द रञ्जीत, मोहनबहादुर बस्नेत, नानु बास्तोलालगायत नेताका आतिथ्यतामा विशेष प्रशिक्षण सम्पन्न भइसकेको जनाइएको छ । कांग्रेस नगर उपसभापति राजेन्द्रविक्रम बाँनियाले कांग्रेसले नगरमा आफ्नो विरासत कायम गर्ने दाबी गर्दै यसका लागि नेता तथा कार्यकर्तालाई नगरवासीका घरघरमा परिचालन भइरहेका जानकारी दिए ।
यसैबीच कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाले स्थानीय तहको निर्वाचनमा एकजुट भई लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । कांग्रेस चन्द्रागिरि नगरक कार्यसमिति कार्यालयको शनिबार चन्द्रागिरि–११ सतुङ्गलमा शुभारम्भ गर्दै उनले भने, “निर्वाचनमा आपसी तीक्तताको कुरा गर्ने होइन, मिलेर जाने हो । कांग्रेसका विजय सुनिश्चित छ । मेयरज्यूले गर्नुभएका राम्रो कामको जानकारी जनतालाई दिनुपर्छ । नगरमा पाँच वर्षमा धेरै काम भएका छन् ।”
नगर सभापति गिरीले आफ्नो कार्यकालमा नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन लगायतका संरचनागत विकासका क्षेत्रमा फड्को मार्न सफल भएको जानकारी दिए । उनले भने, “शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, खेलकुद, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा नगरपालिकाले महत्वपूर्ण योजना सम्पन्न गरेको र केही योजना सम्पन्न हुने चरणमा पुगेका छन् । ”
काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको चन्द्रागिरिले गुर्जुधारामा आफ्नै नयाँ प्रशासकीय भवन बनाई कार्यालय सञ्चालन गरिससकेको छ ।नगरपालिकाभित्रका २४ सामुदायिक विद्यालयमध्ये २२ का भूकम्प प्रतिरोधी आधुनिक सुविधा सम्पन्न भवन बनेका छन् । नगरपालिकाले नगरवासीको स्वास्थ्य स्तरमाथि उठाउन उच्च प्राथमिकता दिँदै थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण गर्न लागेको छ । यसका लागि जर्मन विकास बैंक केएफडब्लू एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने सम्झौतासमेत गरिसकेको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ ।
News Desk 0 response शनिबार, चैत्र १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२





