• नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा महासचिव चन्दले एमसीसी पक्षधरलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले एमसीसी पक्षधरलाई दलाल पुँजिपति वर्गको संज्ञा दिदैँ उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताए ।

    कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताए । उनले एमसीसी राष्ट्रघाति रहेको कुरा प्रमाणित भइसकेको दाबी समेत गरे ।अध्यक्ष गजुरेलले नेपालका कम्युनिष्ट र क्रान्तिकारी पार्टीबीच एकता हुनुपर्नेमा जोड दिए ।

4565