-
नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताएकाछन् ।
बिहीवार काटमाडौंमा रिर्पोट्स क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले देशको संविधानको रक्षा गर्नु सम्पूर्ण नेपाली र राजनीतिक दलहरुको दायित्व भएको बताए । उनले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताए ।
उनले भने – ‘हामीले दश वर्ष लगाएर नयाँ संविधान पनि निर्माण गरेका छौँ । यो एउटा राम्रो संविधान बनेको छ । यद्यपी संविधान कुनैपनि अन्तिम हुँदैनन् । यो पनि अन्तिम भन्नुपर्छ भन्ने मलाई लाग्दैन । तर सकेसम्म यसको लामो आयु होस् भनेर हामीले कामना गर्नुपर्छ । यो तुलनात्मक रुपले राम्रो संविधान हामीले बनाएका छौँ । स्वभाविक रुपले यो संविधानमार्फत् हामीले ०६२-०६३ को जनक्रान्तिको उपलब्धीहरुलाई संस्थागत गरेका छौँ ।
त्यसैले यो संविधानको रक्षा हामी सम्पूर्ण २ करोड ९२ लाख नेपाली र उनका प्रतिनिधिहरुको रुपमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरुका निम्ति एउटा ठुलो जिम्मेवारीको विषय हो ।’उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
News Desk 0 response बिहिबार, चैत्र १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३