• राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले ५ वर्षमात्रै नेतृत्व गर्न पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ३१ वर्षसम्म शासन गर्दा पनि काँग्रेस, एमाले र माओवादी केन्द्रले बनाउन नसकेको देश राप्रपाले पाँचै वर्षमा बनाउने दाबी गरे ।

    साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मुलधारमा रहेको पार्टीहरुको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिएपनि उनीहरुले देश नबनाउने दाबी गरे ।अध्यक्ष लिङदेनले राप्रपालाई एक पटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न पनि आग्रह गरे ।

4565