• नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विरुद्ध नाराबाजी भएको छ। चुनावमा जानुपर्ने धारणा राख्दै आएका नेत्रविक्रम चन्दविरुद्ध केन्द्रीय कमिटी बैठकमै नाराबाजी भएको हो । गएको शुक्रबारदेखि कपिलवस्तुमा जारी चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव चन्दले चुनावमा जानुपर्ने प्रस्ताव गरेपछि मतान्तर भएको थियो । उनको प्रस्ताव अधिकांश केन्द्रीय सदस्यले अस्वीकार गरेका छन् ।

    ६८ जना केन्द्रीय सदस्यमध्ये अधिकांशले चुनावको विपक्षमा बोलेका थिए । महाससचिव विप्लव र खड्गबहादुर विश्वकर्मा पक्षका नेताहरू पनि चुनावको विपक्षमा देखिएका छन् ।अखिल क्रान्तिकारीकारी पूर्व अध्यक्षद्वय शरद रसाइली, पूर्णबहादुर सिंहले केन्द्रीय कमिटी बैठकमा चन्दको चुनावी प्रस्तावको चर्को विरोध भएको बताए । चुनावका नाममा पार्टीलाई बल्खु दरबारमा बुझाउने मुर्दावाद !’ भन्दै विप्लवविरुद्ध सल्लाहकार समितिले नाराबाजी गरेकोपछि केन्द्रीय कमिटीको बैठक केही बेर रोकिएको थियो ।

4565