-
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् ।शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दा र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
उनले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि, रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताए ।
पूर्व प्रधानमन्त्री भट्टराईले अर्थतन्त्रलाई तथ्यांकको खेलबाट मुक्त गर्न युवा अर्थशास्त्रीहरुलाई सुझाव दिए । उनले नेपालको अर्थतन्त्र कसरी यस्तो भयो । कसरी समाधान गर्ने भन्ने कुरा सोच्न आवश्यक रहेको पनि बताए । त्यसैगरी कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अहिले नेपालको ऋणको प्रतिशत बढीरहेको यो गम्भीर विषय भएको बताए । उनले नेपालले पनि जथाभावी ऋण लिने हो भने अहिलेको श्रीलंकाको अवस्था हुने चेतावनी समेत दिए ।
पूर्व अर्थमन्त्री समेत रहेका डा महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको चरम दुरुपयोग भएको आरोप लगाए । तत्कालीन ओली सरकारले कार्यकर्ता खुशी पार्नका लागि कार्यक्रमको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
News Desk 0 response शुक्रबार, चैत्र ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३





