-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको पनि बताए । उनले पाँच बर्षको अवधीमा पार्टीले निकै कुरा गुमाएको भन्दै अव राप्रपा नेपाल शसक्त रुपमा अघि बढ्ने स्पष्ट पारे ।
बिगतका त्रुटीहरुप्रति जनतासंग क्षमा याचना गर्दै अव गल्ती नगर्ने प्रतिवद्धता जनाएको भन्दै उनले पार्टीका एजेण्डलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे । अध्यक्ष थापाले वर्तमान सरकारको फितलो र अदुरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध सौहार्दपूर्ण हुन नसकेको टिप्पणी गरे ।
प्रमुख दलहरुको अदुरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भैरहेको उनले बताए । त्यस्तै उनले प्रमुख दलले राज्य संयन्त्रमा कब्जा गरेर आफ्नो पार्टीको स्वार्थलाई सिद्ध गर्नको लागि प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानलाई पटक–पटक आघात पुर्याएको पनि धारणा राखे ।
थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन भैरहेको पनि आरोप लगाए । राप्रपा नेपालले महिला, आदिवासी, जनजाति, थारु, अल्पसंख्यक समूदायको हितलाई उच्च प्राथमिकतामा राखेको पनि उनले बताए ।
News Desk 0 response शुक्रबार, फाल्गुन २७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३